हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले अनलाइनमार्फत गुनासो सुन्ने व्यवस्था गरेको छ । सेवा प्रवाहमा भएका समस्याका साथै अन्य विविध समस्या र गुनासो राख्नको लागि अनलाईन तथा फोन मार्फत गुनासो दर्ता गर्ने स्वचालित प्रणाली सञ्चालनमा ल्याएको हो ।
नगरवासीहरुलाई सेवा प्रवाह, स्थानीय विकास लगायत अन्य बिषयहरुमा परेको समस्याको बारे गुनासो गर्न कार्यालय सम्म धाउनु पर्ने बाध्यतालाई टार्दै उपमहानगरले अनलाईन र फोन मार्फत गुनासो सुनुवाईको व्यवस्था मिलाएको हो । गुनासो दर्ताका लागि उपमहानगरपालिकाले सफ्टवयर सञ्चालमा ल्याउँदै घरमै बसेर फोन मार्फत वा इन्टरनेट सेवाको मध्यमबाट गुनासाहरु टिपाउन सक्ने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरका अनुसार इन्टरनेट सेवा मार्फत कार्यालय बाहेकको समयमा पनि नगलबकय।जभतबगमबmगल।नयख।लउ मार्फत लिखित र ०५७–५९७००१ फोन मार्फत मौखिक गुनासाहरु रेकर्ड गराउँन सकिने बताइएको छ । उपमहानगरका अनुसार अहिलेको लागि नेपाल टेलिकमको टेलिफोन वा मोवाईल सेवा मार्फत गुनासोको भ्वाइस रेकर्ड गराउँन सक्ने छन् भने केही समय भित्रै अन्य सेवा प्रदायकहरुको फोन तथा मोवाईलबाट समेत गुनासो रेकर्ड गराउने सक्ने तयारी भइरहेको उपमहानगरपालिका सूचना शाखाले जनाएको छ । उपमहानगरले सेवाग्राहीलाई आफ्ना गुनासा दर्ता गराई सेवालाई समस्या रहित बनाउने काममा सहयोग गर्न आग्रह गरेको छ ।