शिवम् सिमेन्टको खानी सञ्चालनबाट ठुलाे मानव बस्ती जाेखिममा छ : महेश बर्तौला

हेटौंडा टुडे
१० फाल्गुन २०८०, बिहीबार १३:२२

हेटौंडा ।  नेकपा एमालेका सचेतक महेश बर्तौलाले आफ्नो निर्वाचन क्षेत्र मकवानपुर जिल्ला भित्र विभिन्न पालिकामा चुनढुङ्गा खानी सञ्चालन रहेको र खानि अवस्थित र मापदण्ड भन्दा बाहिर रहेर सन्चालन रहेकोले  जस बाट मानवीय बस्ती जोखिममा रहेका बताएका छन् । आज बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मकवानपुरको मकवानपुरगढी गाउपालिकामा वडा नम्बर ८ मा खोटारमा शिवम सिमेन्टले अव्यवस्थित ढंगले खानी सञ्चालन गरेका कारण तल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीहरु ठुलो समस्यामा रहेका बताए । साथै उनले  सिमेन्ट कम्पनीले अव्यवस्थित ढंगले खानी सञ्चालन गरेका कारण धेरै संख्यामा रहेका स्थानियाहरुको ठुलो मानवीय बस्ती जोखिको सम्भाना रहेको बताए  । सुकौरा, डुम्रेकुना , धमिले, झल्ला, धादिङ  चौकीटोल, लालझाडी चाईनाब्वाटर लगाएतको ठाँउमा  ठुलो मानव बस्तीमा असर गर्ने गरी खानी उत्खनन् भइरहेको बताए साथै  देशभरिका यस्ता खालका खानीको अध्ययन गरेर समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाउन माग समेत गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image