घलानद्धारा जनजागृति माविमा प्रोजेक्टर सहयोग

हेटौंडा टुडे
११ फाल्गुन २०८०, शुक्रबार १६:१५

हेटौंडा। नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती मकवानपुर अध्यक्ष तथा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य कालू घलानले बकैयाको श्री जन जागृति माविमा प्रोजेक्टर सहयोग गरेका छन्। घलानले शुक्रबार मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ वीरेफाँट अवस्थित श्री जन जागृति माध्यमिक विद्यालयमामा पुगी एक समारोह बीच एक थान प्रोजेक्टर हस्तान्तरण गरेका हुन्। घलान माघ २३ गते विद्यालय व्यवस्थापन समिति अध्यक्ष फुलराज थिङ, विव्यस पुर्व अध्यक्ष सिद्धीमान घलान र विद्यालय प्रधानाध्यापक पेम्बा दोर्जे भोम्जन र स्थानीयको आग्रहमा विद्यालय अवलोकन गर्न विद्यालय पुगेका थिए।

घलानले विद्यार्थीको अध्यापनमा सहज होस् भन्ने हेतुले आफुले प्रोजेक्टर सहयोग गर्ने वचन दिएका थिए। कार्यक्रममा घलानले फागुन १५ गते भित्र विद्यालय पुगेर प्रोजेक्टर हस्तान्तरण गर्ने वचन पूरा गरेको भन्दै विव्यस पुर्व अध्यक्ष घलानले खुसी व्यक्त गरे।विव्यस अध्यक्ष थिङको सभाध्यक्षता तथा घेदुङ अध्यक्ष घलानको प्रमुख आतिथ्यता रहेको प्रोजेक्टर हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ घेदुङ बकैया गाउँपालिका उपाध्यक्ष उमेश थोकर, नेपाल तामाङ घेदुङ बकैया ८ इकाई समिति अध्यक्ष संजय कुमार लोप्चन, अभिभावक, शिक्षकशिक्षिका र विद्यार्थीलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image