अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

हेटौंडा टुडे
११ फाल्गुन २०८०, शुक्रबार १६:३६

हेटौडा। अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । अमेरिकाको कोलोराडोको अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ ।

सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी,’ उनले लेखेकी छन् । तस्वीरमा नवजात शिशु र रेखाका श्रीमान् बलराम शाही ठकुरी पनि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image