
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । बकैया गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, बिद्यालयहरु, बिभीन्न संघसंस्थाहरुलाई बिदा दिएको हो । गाउँपालिकाले लदी पर्वका अवसरमा बकैया गाउँपालिकाले सार्वजनिक विदा दिएको हो। सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले एक सुचना जारी गर्दै आजका लागि सार्वजनकि वदिा घोषणा लदी पर्वको अवसरमा सार्वजनिक विदा दिएको जानकारी गराउनुभएको हो ।माझी समुदायको मुख्यपर्व लदी पर्व भएकाले पालिकाको बैठकले विदा दिने निर्णय गरेको थियो । बकैया गाउँपालिकामा माझी समुदायको बसोबास भएकाले पर्वको अवसरमा विदा दिएको हो ।


सेयर गर्नुहोस्