
हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको बिजुली बिस्तारका लागि गाडिएको पोल लडेर थिच्दा निधन भएको हो।
तितुङलाई मंगलबार दिउँसो बिजुलीको पोल लडेर थिचेको थियो। उनको टाउको चोट लागेका र गम्भीर अवस्थामा उद्धार गरी चुरेहिल अस्पतालमा ल्याइएकोमा हेटौंडामा उपचार संभव नभएपछि भरतपुर लगिएको थियो। उनको उपचारको क्रममा आज बिहान भरतपुर स्थित चितवन मेडिकल कलेजमा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सेयर गर्नुहोस्