हेटौंडामा ४२ औं मगर दिवस मनाइयो

हेटौंडा टुडे
१६ फाल्गुन २०८०, बुधबार १२:२९

हेटौडा। हेटौंडामा ४२ औं मगर एकता दिवस भव्यताका साथ मनाइएको छ । मंगलबार नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बृहत साँस्कृतिक महोत्सव एवम् फुड फेस्टिवलको आयोजना गरी मगर स्थापना दिवस मनाएको हो ।कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष सन्देश तुम्सिङ मगरको सभाध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा बोल्दै मुख्यमन्त्री जम्कटेलले मगर समुदायको भाषा, भेषभूषा, संस्कृति संरक्षण र सम्वर्द्धनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले प्रथम सहिद क्या। लखन थापा मगरलाई मगर समुदायले मात्र नभई आफुले पनि सम्झने बताए ।कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी छिन्तु जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरका प्रमुख ललितबहादुर घलान, विभिन्न वडाका अध्यक्ष, विभिन्न संघ–सस्थालाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*