हेटौंडा। हेटौंडा रन–२०८० को उपाधी मुकेश पालले जित्न सफल भएका छन् । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद बिकास समितिको आयोजनामा शुक्रबार पहिलो पटक हेटौंडामा भएको राष्ट्रिय प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दुरी १५ मिनेट २२ सेकेन्डमा पार गर्नुहुदै पालले उपाधिमाथि कव्जा जमाउन सफल हुनु भएको हो । यो संगै उहाँले नगद ६० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नु भएको छ । १८ जिल्लामा ९२ जना प्रतिस्प्रर्धिलाई पछि पार्दै पालले उपाधि जित्दा जुम्लाका दुर्गाबहादुर बुडा द्धितिय हुनु भएको छ ।
उहाँले १५ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पार गर्नु भएको थियो ।
बुडाले द्धितिय हुँदै नगर ५० हजार रुपियाँ प्राप्त गर्नु भयो । हेटौंडाको मु्ख्य चौक बुद्ध चौकबाट सुरु भई पारिजात पथ हुँदै पुनः बुद्ध चौकमा आउँने दौड प्रतियोगितामा काठमाण्डौका सञ्जय श्रेष्ठ तृतिय हुनु भएको थियो । उहाँले १५ मिनेट ३० सेकेण्डमा निर्धारित दुरी पार गर्दै नगद ४० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नु भयो । प्रतियोगितामा सहभागिता जनाएका मध्य चौथो र पाँचौं भएका काठमाण्डौंका टंक कार्की र दाङका नागेश्वर ऐरीले सन्त्वना पुरस्कार स्वरुप नगद १०÷१० हजार रुपियाँ प्राप्त गर्नु भयो ।
प्रतियोगितामा बिजयी खेलाडीहरुलाई हटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा,उपप्रमुख राजेश बानियाँ र प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले पुरस्कार बितरण गर्नु भयो । प्रतियोगितामा सहभागि ९२ जना मध्ये हेटौंडा–२ का ६९ बर्षिय प्रेमजी श्रेष्ठलाई सम्मान गरीएको थियो । जेष्ठ उमेरमा पनि खेल प्रतिको लगाब र लगनशिलताका लागि नगर प्रमुख, उपप्रमुखले प्रशंसा गर्दै सम्मान गर्नु भएको थियो । बिजयीहरुलाई पुरस्कार बितरण गर्नुहुदै नगर प्रमुख लामाले हरेक बर्षझै यस बर्ष पनि हेटौंडा रन सञ्चालन गरीएको भन्दै दौडप्रतियोगीतालाई निरन्तता दिने बताउनु भयो ।
नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ५ का अध्यक्ष शुसिल घिमिरे, ७ का अध्यक्ष दामोदर गौतम, वडा नम्बर ११ का अध्यक्ष जुना दाहाल, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गी, एथ्लेटिक्स संघका केन्द्रिय कोषाध्यक्ष प्रभाकर पाण्डे, केन्द्रीय निर्णायक राजाराम पोखरेल लगाएत नगर खेलकुद बिकास समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।