हेटौंडा । नेपाल सयपत्री फुल उत्पादक संघको तदर्थ समिति गठन भएको छ । समिति गठनमा बालकृष्ण चौलागाई (बिकल) को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । संघको अध्यक्षमा बाल कृष्ण चौलागाई सर्वसम्मत चयन हुनु भएको छ समितिको उपाध्यक्षमा पेमा डोल्मा लामा (रोल्पा ) , सचिवमा गोविन्द बास्तोला (चितवन ) चयन हुनु भएको छ । सदस्यहरुमा कृष्ण गिरि (सिन्धुपाल्चोक ) ,राम केवल कुसवाहा (सर्लाही ) , सुरेश तामाङ्ग (नुवाकोट ) , टिका दाहाल (मकवानपुरगढी – ६ ) , सुरज थिंग (हेटौडा १२ ) रहनु भएको छ भने सचिव ,कोषाध्यक्ष र सदस्य गरि ३ पदमा पछी मनोनयन गरिनेछ । कार्यक्रम सयपत्री फूलका अभियन्ता मोहन बिक्रम सिलवालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सेयर गर्नुहोस्