बागमती पुलमा मोटरसाइकल दुर्घटना

हेटौंडा टुडे
२९ फाल्गुन २०८०, मंगलवार १०:३५

हेटौंडा। हिजोराती मकवानपुर र सिन्धुली जोड्ने बागमती पुलमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत मकवानपुरको लामिटारबाट सिन्धुलीको हरिहरपुरगढीतर्फ जाँदै गरेको २२० बा। प्र। ०२ ०२२ प ०३५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा मोटरसाइकलमा सवार हरिहरपुरगढी–१ शिखरका २५ बर्षका ईश्वर रुम्बा, १५ बर्षिया चेतकुमारी रुम्बा र हशिखरकै १७ सपना रुम्बा रहेका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरन्जिबी दाहालले बताए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image