सुनचाँदीको मूल्यमा बृद्धि

हेटौंडा टुडे
१ चैत्र २०८०, बिहीबार १२:४१

हेटौंडा । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार छापावाला सुन १ लाख २५ हजार र तेजाबी सुन १ लाख २४ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले बढेर छापावाला सुन १ लाख २५ हजार ८सय र तेजाबी सुन १ लाख २५ हजार २सय मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने अघिल्लो दिनको तुलनामा ५० रुपैयाँले बढेको हो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image