मकवानपुरगढीको धमिलेफाँटमा रहेको पराजुलीको भाईरल सूर्यमुखी खेती हावाले सोत्तर

हेटौंडा टुडे
३ चैत्र २०८०, शनिबार २१:४४

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ३ मा रहेको तल्लो धमिले फाँटमा परिक्षणको रुपमा लगाईएको सूर्यमुखीको खेती उत्पादन सफल भए संगै यसको दाना उत्पादन लाई टिकाउनको निम्ति चुनौती देखिएको छ ।

मकवानपुरगढी – ३ बावियोडाडा निवासी कृषक गोकर्ण पाराजुलीले गर्नु भएको यो खेतिको चौतर्फी चर्चा भए संगै फोटो भिडियो खिच्नेहरुको भिडले गर्दा केहि समस्या भएको भएता पनि गए रातिको केहि सामान्य हावा बाहाले फुल खेतीलाई लडाएर सोतर बनाएको पराजुलिले बताएका छन । बोटमा फुलेको फुल ठुलो भएकाले गर्दा हावाले सामान्य बाहाबले गर्दा लगाएको फुल खेतिमा करिव आधा आधि जति भाचिएर  क्षति भएको पराजुलिले हेटौडा टूडेलाई जानकारी दिनु भयो ।

सामाजिक संजालमा भाईरल भएकाले यहा धेरै धेरै टाढा टाढा देखि र स्थानीय बासिन्दाहरु फोटो भिडियोहरु खिच्न आउने गर्नु भएको थियो जसले गर्दा आफुलाई रमाईलो एवं खुशी लागेको थियो तर सामान्य हावाकाे वाहाबले गर्दा भएको क्षति भएकाे र   परिक्षणको रुपमा लागेको फुल खेति करिब आधा भन्दा केहि कम मात्रामा क्षति भएकाले आफु दुखि भएको पराजिलेले बताए साथै यो फुल पाकेर दाना निकाल्ने बेला सम्ममा बाकि अरु बोट टिकाउन समस्या देखिएको  पराजुलीको भनाई छ । पराजुलीले धमिलेफाँटमा ४ कठ्ठा जग्गामा सूर्यमुखी खेती गरेका छन् । यो खेति रोपेको १ सय २० दिनमा फसल दिने हाइब्रिड सूर्यमूखी प्रतिकठ्ठा एक क्विन्टल फल लाग्ने अनुमान गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*