भिमफेदी टिपर दुर्घटना अपडेट :चालकको सकुशल उद्दार

हेटौंडा टुडे
५ चैत्र २०८०, सोमबार १८:१४

हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ।

सोमबार त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी(१ खोप्लाङमा चुनढुङ्गा बोकेर हेटौंडा बजार तर्फ आउदै गरेको ना ८ ख ८९१० नम्बरको टिपर राप्ती खोलाको किनारमा खसेको थियो।च्यापिएको अवस्थामा रहेका चालक हेटौडा १५ का ४३ वर्षीय विर बहादुर वाइवाको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको हो।

टिपर च्यापिएको अवस्थामा नेपाली सेनाको हाइड्रा, सेनाको प्राविधिक टोली, २ वटा जेसिवीको सहायताले साढे तीन घण्टापछि उद्दार गरिएको मकवानपुर प्रहरीले जनाएको छ।वाइवाको हात भाँचिएको र कम्मरभन्दा मुनि चोट रहेको जनाइएको छ। उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको छ। टिपर राजपथबाट अन्दाजी ३० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image