हेटौडामा ‘जे एण्ड बि’ बारिष्टा एकेडेमी सञ्चालनमा

हेटौंडा टुडे
७ चैत्र २०८०, बुधबार १३:०५

हेटौडा । हेटौडामा आजबाट जे एण्ड बी बारिष्टा एकेडेमी सञ्चालनमा आएको छ । हेटौडा – ४ भुटनदेबी स्कुलको – ३ नम्बर गेट अगाडि अवस्थीत युवा जगदिश बिडारीले डेढ करोड रुपैयाँको लगानीमा हेटौंडामै सञ्चालन गरेको ‘जे एण्ड बि बारिष्टा एकेडेमीको आज बाट सन्चालनमा आएकाे हाे ।

हेटौडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले जे एण्ड बी बारिष्टा एकेडेमी उदघाटन गर्नु भएको हो । उदघाटन कार्यक्रममा बाेल्दै मेयर लामाले  “वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीका लागि आकर्षित गरी उनीहरुको सीप र क्षमताको उपयोग गर्न र स्वदेशमै लगानी गरी रोजगारी सिर्जना गर्ने  सन्चालक बिडारीलाई धन्यवाद व्यक्त गर्नु भयाे । योजनाबद्ध रुपमा निरन्तर कफी उद्योगलाई आफुले अगाडि बढाउने बिडारीको प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।बिडारीले व्यवसाय प्रवर्द्धन र स्वरोजगारीका लागि नगरपालिकाबाट अपेक्षित सहयोग मिलिरहेको बताउदै  कफि हाउसमा हाल १७ जनालाई रोजगारी दिइएको  बताए ।

बिडारी आफू ७ वर्ष कतार र १ बर्ष क्रोएसियामा बसेर काम गरी अब नेपालमानै अरुलाई उत्प्रेरणा दिने किसिमको काम गर्ने र यस एकेडेमीमा बेसिक देखी एडभान्स सम्मका बारिस्टा तालीम सिक्न इच्छूकलाई बिशेष सहूलियतमा तालिम दिने बताए ।साथै यस एकेडेमीमा जाप्निज खाना सूसिको पनि कक्षा सञ्चालन हूने सञ्चालक जगदिस बिडारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*