हेटौंडा। मकवानपुरको बामगती गाउँपालिका वडा नम्बर ८ कायरमा करेन्ट लागेर एकजनाको आइतबार बिहान् मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ५०र५५ वर्षिय देबराम रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
आफ्नै बारीमा मकै हेर्न जादा करेन्ट प्रवाह भएको भुईमा लत्रिएको नाङ्गो तार छुनपुग्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । उनको शव पोस्टमार्टमका लागि लागि हेटौंडा अस्पताल ल्याइएको जनाइएको छ ।
सेयर गर्नुहोस्