बकैयामा भिरबाट लडेर ८ वर्षिया बालिकाको मृत्यु

हेटौंडा टुडे
१८ चैत्र २०८०, आईतवार १६:१८

हेटौडा। मकवानपुरको बकैयामा भिरबाट लडेर बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्बर–६ ठुलोसुधाककी ८ वर्षिया बालिका पुर्णिमा भोम्जन रहेकी छिन् ।स्थानीय सन्दिप भोम्जनको छोरी पुर्णिमा घरबाट निस्कि हिडेको र खोजतलास गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला परेका हुन् ।आफ्नै घरदेखी दुइ सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक बनको सुधाभिरबाट लडि मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image