भीमफेदीमा मयूरी दुर्घटना, नेपाली सेनामा कार्यरत दुई जना घाइते

हेटौंडा टुडे
२१ चैत्र २०८०, बुधबार १०:३५

हेटौडा । हेटौंडा–भीमफेदी सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं-१ मा मंगलबार मयुरी दुर्घटना हुँदा नेपाली सेनामा कार्यरत दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा खलम्जुङ मर्स्याङदी–४ घर भई नेपाली सेनाको चनमन ब्यारेक पालुङ मकवनापुरमा कार्यरत सिपाही २५ वर्षीय लिलिजङ गुरुङ र धादिङ खनियाबास–३ घर भई नेपाली सेनाको त्रिनेत्रगण सुनाचुरी मकवानपुरमा कार्यरत अमलदार ३० वर्षीय धनबहादुर तामाङ रहेका छन् ।सुपारीटार ब्यारेकबाट हेटौंडातर्फ आउँदै गरेको ना।१ ह ३२३० नम्बरको मयुरी सिटि रिक्सा आफै अनियन्त्रित भएर दुर्घटना हुँदा उनीहरु घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, घाइते दुबै जनाको हेटौंडा मोडल अस्पतालमा उपचार गरिएको छ ।

प्रहरीले मयुरी र मयुरी चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*