
हेटौंडा मकवानपुरको मनहरी गाउँपालिका– ४, माथिल्लो मसिने भन्ने स्थानबाट मंगलबार प्रहरीले अवैध लागूऔषध गाँजासहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले लागूऔषध गाँजा १३० किलो १५० ग्रामसहित सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा श मकवानपुरको कैलाश गाउँपालिका वडा नं .४ बस्ने वर्ष २८ को बमबहादुर चेपाङ, वर्ष २७ को विरमान प्रजा, वर्ष २७ को हरिकुमार प्रजा, राक्सिराङ गाउँपालिका वडा नं.७ बस्ने वर्ष १९ को टिकाराम प्रजा, मनहरी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३६ को दिपक थापा मगर, मनहरी–३ बस्ने वर्ष ४४ को रामहरी लुईटेल र एक जना नाबालक रहेका ल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरलाई पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पदमपोखरी सेक्टर लामिटारबाट खटिएको नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले नियन्त्रणमा लिएको हो ।
मंगलबार दिउँसो साढे २ बजेको समयमा पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने उक्त गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति इलाकामा हिडिरहेको अवस्थामा उनीहरुलाई सो परिमाणको गाँजासहित नियन्त्रणमा लिएको उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

