सहकारी चोरीको आरोपमा ६ मकवानपुरे पक्राउ

हेटौंडा टुडे
१० बैशाख २०८१, सोमबार ११:२८

हेटौंडा । झापाका विभिन्न १३ वटा सहकारीमा भएको चोरीको घटनामा संलग्न ६ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङतान, २१ वर्षीय सन्त बहादुर स्याङतान, २२ वर्षीय सुनिल स्याङतान, २५ वर्षीय बुद्ध स्याङतान, २६ वर्षीय सुरज स्याङतान र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ का २८ वर्षीय अजय राना मगर रहेका छन् ।इटहरीबाट पक्राउ गरिएका उनीहरुको साथबाट दुई थान मोटरसाइकल, मोवाइल र चावी फुटाउन प्रयोग गरिएका सामग्री बरामद भएका छन्। उनीहरूलाई प्रहरीले चोरी कसुरमा म्याद थप गरी अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार १३ वटा सहकारीबाट ३० लाख १६ हजार ८७ रुपैयाँ चोरी गर्नेहरु अधिकांश मकवानपुरका नागरिक छन् । झापासहित मोरङका सहकारीमा समेत चोरीका घटनामा उनीहरूको संलग्नता देखिएको चन्दको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image