अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य सुविधाका लागि आवश्यक पहल गर्नेछु : स्वास्थ्य मन्त्री श्रेष्ठ

हेटौंडा टुडे
१३ बैशाख २०८१, बिहीबार १०:४७

हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेशमा जतिपनि अपांगता भएका व्यक्तिहरुका स्वास्थ्य सुविधाका लागी मन्त्रालयले आवश्यक पहल गर्ने बताउनुभएको छ । बुधवार ९आज० राष्ट्रिय अपांङ्ग महासंघको आयोजनामा सामाजिक विकास मन्त्रालयको सभाहलमा छलफल तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । अपांगता भएका व्यक्तिका लागी आफु संधै तत्पर रहने बताउदै विशेष आँखा देख्न नसक्ने,हिड्न नसक्ने जस्ता अपांगता भएका व्यक्तिहरुलाई उपचारका लागी चाहिने सहयोग र आवश्यक सामाग्रीहरु उपलब्ध गराउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । त्यसका लागी सर्बप्रथमअपांगता भएका व्यक्तिको तथ्यांक सबै समेटिएको विवरण उपलब्ध गराउन अपांग महासंघलाई मन्त्री श्रेष्ठले माग गर्नुभयो ।

जति छिटो मन्त्रालयमा अपांगता भएका व्यक्तिको विवरण उपलब्ध हुन्छ त्यति नै छिटो अपांगता भएका व्यक्तिको लागी बजेट बांडफांड गर्न सहज हुने मन्त्री श्रेष्ठले बताउनुभयो । स्वास्थ्य मन्त्रालयको पनि आफ्नै सिमितता हुने भएकाले आफ्नो प्रदेशमा मात्रै लागु गर्न सकिने भएकाले क,ख,ग वर्गका कार्ड देशैभरि एउटै प्रकृतिको भएकाले निति नियम केन्द्रिय सरकारले गर्ने भएकाले बागमती प्रदेश सरकारले छुट्टै नीति अवलम्वन गर्न नमिल्ने मन्त्री श्रेष्ठले जानकारी गराउनुभयो ।अपाँगता भएका व्यक्तिका लागी गत वर्षबाट वजेट छुट्याईएको र हाल सम्म लगभग २ करोड खर्च भईसकेको मन्त्री श्रेष्ठले बताउनुभयो ।स्वास्थ्य क्षेत्रबाट पाएको सुविधा आवश्यक पर्ने व्यक्तिले पाउनुपर्ने र यस्ता कार्यमा जिम्मेवार संघसंस्था पनि जवाफदेहि हुनुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

पहिलो पटक मन्त्री बन्दा नै स्वंयमसेविकाहरुलाइ निगरानी गर्न निर्देशन दिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।पछिल्लो समयमा बागमती प्रदेशमा ७ हजार घरपरिवारले स्वास्थ्य बिमाको सुविधा लिईरहेको मन्त्री श्रेष्ठले बताउनुभयो । छलफल कार्यक्रममा पि एस ओ नेपालका डम्वर बोहरा,नेत्रहिन महासंघ मकवानपुरका अध्यक्ष केदार बहादुर बजगांई,राष्ट्रिय अपांग महिला सेवाका प्रमुख सुप्रभा अपलि लगायतले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*