सुनको मूल्यमा वृद्धि

हेटौंडा टुडे
१४ बैशाख २०८१, शुक्रबार ११:१९

हेटौडा । नेपालि बजारमा सुनको मूल्यमा फेरि वृद्धि भर्एको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा देखिएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ६५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६७५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image