श्रीमतीको अश्लिल भिडियो सामाजिक सञ्जालमा हाल्ने मकवानपुरका एक युवक पक्राउ

हेटौंडा टुडे
२८ बैशाख २०८१, शुक्रबार १७:३८

हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बकैया गाउँपालिका–७ घर भई काठमाडौँको जडीबुटी बस्ने २४ वर्षीय ८ एफ रुम्बा नाम परिवर्तन छन् । उनलाई प्रहरीको साइबर ब्युरोले बिहिबार पक्राउ गरेको हो ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहँदा वाट्स एपमा कुराकानी गर्ने क्रममा श्रीमान र श्रीमती बिचमा आदानप्रदान भएका गोप्य अङ्ग देखिने तस्विरर भिडियो सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई अपलोड गरी पीडितको साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा समेत पठाई चरित्र हत्या गरेको भन्ने उजुरी परेको थियो ।
उजुरीको आधारमा साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उनको संलग्नता खुल्न आएपछि पक्राउ गरेको जनाइएको छ । ८९ महिलाको गोपनीयता भंग हुने भएकाले नाम परिवर्तन गरिएको छ ०

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image