मकवानपुरमा एक युवक मृत अवस्थामा फेला

हेटौंडा टुडे
९ जेष्ठ २०८१, बुधबार १०:५६

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–४ किटिनेस्थित पुछार टोलमा एक युवक मृत भेटिएका छन् ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार स्थानीय १८ बर्षीय रुपक तामाङ मंगलबार डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनी आफ्नै नजिकै रहेको घरको छतको पिल्लरमा रहेको रडमा रबर डोरीको पासो लगाएर झुण्डिएको अवस्थमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image