हेटौंडा । सगरमाथा आरोहणका क्रममा एक आरोहीको मृत्यु भएको छ। मृत्युु हुनेमा केन्याका ४० वर्षीय जोसुआ चेरियटको किरुई रहेका छन् । बिना अक्सिजन सगरमाथा आरोहण गरिरहेका उनी बुधबार राति सगरमाथा चुचुरो नजिकै मृत भेटिएको पर्यटन विभागले जनाएको छ । नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आरोहण गरिरहेका थिए ।
बुधबार रेडियो सम्पर्कमा नआएपछि खोज तथा उद्धारका लागि परिचालित टोलीले राति साढे १० बजे जोसुआको शव भेटेको थियो । सहयोगी शेर्पाको अवस्था अज्ञात रहेकाले खोजी जारी रहेको विभागले विज्ञप्तिमा जनाइएको छ ।
सेयर गर्नुहोस्