मकवानपुरमा करेन्ट लागेर एक जना गम्भीर घाइते

हेटौंडा टुडे
११ जेष्ठ २०८१, शुक्रबार १०:४३

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं-३ झल्कनेमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भीमफेदी गाउँपालिका–४ बस्ने बर्ष ३७ को सन्तोष कार्की रहेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बिहीबार घर बनाउन रड काट्ने क्रममा करेन्ट लागेर कार्की घाइते भएका हुन् । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image