हेटौंडा ११ मा सवारी दुर्घटना हुदा एक जनाको घटनास्थलमा नै मृत्यु

हेटौंडा टुडे
११ जेष्ठ २०८१, शुक्रबार २३:२७

हेटौंडा । पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडा – ११ मा सवारी दुर्घटना हुदा एक जनाको घटना स्थलमानै मृत्यु भएको स्थानिय बासिन्दाले जनाएका छन । हेटौंडा – ११ थानाभर्याङ नजिकै रहेको निक फ्याक्ट्री अगाडी अन्दाजी २५-३० बर्ष देखिने पुरुष लाई बसले ठक्कर दिदा उनको घटना स्थलमा नै मृत्यु भएको प्रत्यक्षदर्सी सफल राज कढेलले बताएका छन । घटना बारे थप अनुसन्धान भइ रहेको र मृतकको पहिचान खुल्न बाकी रहेको र घटनाको अन्य विबरण आउन बाकी रहेको प्रहरीको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image