मनहरीमा बस दुर्घटना हुँदा २० यात्रु घाइते

हेटौंडा टुडे
१८ जेष्ठ २०८१, शुक्रबार १०:२०

हेटौंडा। मकवानपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी (९ ज्यामिरेमा काँकडभिट्टाबाट नेपालगंज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २० जना यात्रु घाइते भएका छन्। बसको अगाडीको पट्टा भाचिएर भएको दुर्घटनामा २० जना घाईते भएको र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

सामान्य घाइते भएका ११ जनालाई स्थानीय मेडिकल र ९ जनालाई चितवनतर्फ उपचारका लागि पठाइएको जनाएको र बस तथा चालक मनहरी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image