हेटौंडामा भोलिदेखी निःशुल्क योग विज्ञान शिविर हुने

हेटौंडा टुडे
२० जेष्ठ २०८१, आईतवार १६:३४

हेटौडा। बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि जेठ २१ गतेदेखि तीन दिनसम्म निःशुल्क योग विज्ञान शिविर हुने भएको छ । उक्त शिविर महिला पतञ्जली योग समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा हुन लागेको हो ।‘गरौं योग, रहांै निरोग’ भन्ने मूल नाराको साथ वृहत् योग विज्ञान शिविर संचालन गर्न लागेको महिला पतंजलि योग समिति मकवानपुरकी अध्यक्ष शशिकला थापाले जानकारी दिइन् ।

उनका अनुसार, बिहान ५ बजेदेखि ७ बजेसम्म २ घण्टा हुने शिविर जेठ २३ गते सकिनेछ । रोयल पार्टी प्यालेस हेटौंडामा हुने शिविरमा महिला पतञ्जली योग समिति केन्द्रीय अध्यक्ष पूज्य साद्वी देवादितिबाट योग प्रशिक्षण दिइने समिति अध्यक्ष थापाले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*