
हेटौंडा। ५२ औं विश्व वातावरण दिवसको अवसरमा बुधबार मकवानपुरको मनहरी गाउँपालिकामा प्रभातफेरी र वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ । मनहरी ९ रजैयामा रहेको अग्नीहोत्राश्रमदेखि रजैयाचोक हुँदै लामिटार सभाहलसम्म प्रभातफेरी र सभाहल वरपर वृक्षारोपणमा गरिएको हो। प्रभातफेरी कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, जनप्रतिनिधि, कर्मचारी, चैनपुर जेसीज मनहरी, वन समिति र टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रभातफेरी पश्चात सभाहल वरपर विभिन्न प्रजातीका ४५० विरुवा रोपिएको थियो । कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले वातावरण जोगाउनु हरेक नागरिकको दायित्व भएको बताएका छन्। गाउँपालिकाका सामाजिक विकास समिति संयोजक समेत रहेका ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, स्रोत शिक्षक विदुरविक्रम थापा लगायतले वातावरण जोगाउनु आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, ७ नम्बरका कार्यबाहक अध्यक्ष नवराज सुवेदी, वरिष्ठ लेखा अधिकृत राजेन्द्रप्रसाद भट्टराई, चैनपुर जेसीज मनहरीका अध्यक्ष गणेशदर्पण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

