बुलेट गाडी र मोटरसाइकल एक आपसमा ठोक्किदा महिलाको मृत्यु

हेटौंडा टुडे
२५ जेष्ठ २०८१, शुक्रबार १३:३०

हेटौंडा। मकवानपुरको मनहरीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी -९ रजैयामा चितवन बाट हेटौडा तर्फ आउदै गरेको ए यस ( २५ डिसी ०२१२ नम्बरको खालि ग्यास बुलेटले बिपरित दिशा बाट आउदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुदा घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकल नम्बरको नखुलेको हाइलक्सको पछि ठोक्किर उछिट्टिएर बुलेटसंग ठोक्किदा दुर्घटना भएको मोटरसाइकल चालकको बयानलाई आधार मानी मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । घटनामा मोटरसाइकल चालक कास्की घर भएका ३१ वर्षीय सुवास गुरुङ र मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३३ वर्षीय निर्मला अधिकारी घाइते भएकोमा निज निर्मलाको उपचारको क्रममा हेटौंडा स्थित चुरिहिल अस्पतालमा ज्यान गएको जनाइएको छ। घटनामा संलग्न ग्यास बुलेट चालक, प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image