मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष श्रेष्ठको निधन

हेटौंडा टुडे
२५ जेष्ठ २०८१, शुक्रबार १३:३३

हेटौंडा । मकवानपुरे फिफा रेफ्री अकिललाल श्रेष्ठको निधन भएको छ ।४० बर्षीय श्रेष्ठको हृदयघातका कारण निधन भएको अखिल नेपाल फुटबल संघ ९एन्फा० केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले जानकारी दिएका छन्। अस्वस्थ्य भइ उपचारार्थ अस्पताल लैजीने क्रममा बाटोमै निधन भएको लामाले बताएका छन्।

उनको आजै अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा एन्फाको झण्डा ओढाएर हेटौंडा ९ त्रिवेणीधाममा अन्त्येष्टि गरिएको हो। यता रेफ्री श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले बिहिबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप नगर्न अनुरोध गरेको छ।हेटौँडा–१३ निवासी श्रेष्ठ मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष समेत हुन् । श्रेष्ठको श्रीमति र एक छोरा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*