सन्दीप टी-२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिजमा

हेटौंडा टुडे
२८ जेष्ठ २०८१, सोमबार ११:११

हेटौंडा । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् । उनले आफू अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध रहेको र आफ्नो सपना र सबै क्रिकेटप्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको जनाएका छन् । उनले आफ्नो सहयात्रालाई सम्भव बनाउनका लागि क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दास लगायतलाई धन्यवाद दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*