मकवानपुरमा एकजना युवक मृत फेला

हेटौंडा टुडे
२९ जेष्ठ २०८१, मंगलवार १०:३१

हेटौंडा ।  मकवानपुरको थाहा नगरपालिका वडा नं-३ दहचोकमा सोमबार एक जना मृत अवस्थामा भेटिएका छन् । पालुङ डाँडावासभित्री सडकखण्डको सडक छेउको नालामा स्थानीय बर्ष २८ को अनुज खत्री मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठिक नभएको बुझिएको छ । उनी घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । स्थानीयहरुले देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का पश्चात थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image