मनहरी गाउँपालिकामा पुरस्कार वितरण सम्पन्न

हेटौंडा टुडे
१ असार २०८१, शुक्रबार २२:२४

हेटौंडा।  मनहरी गाउँपालिकाको सभाहलमा शैक्षिक उपलव्धिको आधारमा उत्कृष्ट हुने विद्यालयहरुलाई पुरस्कृत गरिएको हो । गाउँपालिका सामाजिका विकास समिति संयोजक अनन्त प्रकाश अर्यालको अध्यक्षतामा तथा गाउँ पालिका अध्यक्ष रन्जन कालाखेतको प्रमुख आतिथ्यततामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत,विभिन्न विद्यालयको शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको रोहवरमा कार्यक्रम सन्चालन भएको हो ।

गाउँपालिकाको सामुदायिक विद्यालय तर्फ शैक्षिक सत्र २०७९ को एस ई ई परिक्षामा उत्कृष्ट नतिजा ल्याई गाउँपालिका प्रथम हुने श्री पशुपतिनाथ मा वि, कक्षा ८  तर्फ प्रथम श्री युवा वर्ष आधारभुत विद्यालय,कक्षा ५  तर्फ श्री चकरी प्रा वि उत्कृष्ट विद्यालयको पुरस्कार स्वरुप १९०००० /,१३५००० / ,७५००० /- नगद प्रमाणपत्रवाट सम्मान गरिएको हो । उक्त कार्यक्रममा तीन वटै तहमा विषयगत रुपमा उत्कृष्ट नतिजा ल्याउने शिक्षक समेत नगद तथा प्रमाणपत्र वाट सम्मानित भएका छन् ।

शैक्षिक सत्र २०८०  मा कक्षा ८  आधारभुत तह उत्तिर्ण परिक्षा गाउँपालिकाको उत्कृष्ट विद्यार्थीको पुरस्कार युनाईटेड ईङ्लिस वोर्डिङ स्कुलका विद्यार्थी जिसन न्यौपानेले ३.८७  जिपिए सहित प्राप्त गरेका छन् ।त्यस्तै शैक्षिक सत्र २०८०  सामुदायिक तर्फ कक्षा ५ को उपलव्धी परिक्षामा गाउँपालिका प्रथम द्धितीय र तृतीय क्रमशःजनज्योति आ वि का योगेस मुक्तान, विना कालिका प्रा विका सिद्धान्त ढकाल, विना कालिका प्रा विकै अविसि ओजा हुन सफल भएका छन् । आधारभुत तह कक्षा ८  को गाउँपालिका स्तरिय परिक्षामा प्रथम, द्धितिय र तृतीय क्रमश राष्ट्रिय रोटरी मा वि का नेमराज तामाङ्ग, महेन्द्र किरण मा विका कन्चन सुवेदि,राष्ट्रिय रोटरी मा विका अङ्कित दहाल र मुना रसाईलि भएका छन् ।त्यसैगरी एस ई ई परिक्षामा परीक्षा पालिका प्रथम द्धितिय र तृतीय क्रमशः राष्ट्रिय रोटरी मा विका रश्मी वाँनिया, पशुपति नाथ मा विका पार्वती गुरुङ, राष्ट्रिय रोटरिकै विद्या सुनार र वाल जिवन ज्योतिका सन्देश वि क भएका छन् ।गाउँपालिका भित्र ३२ वटा सामुदायिक र ७  वटा संस्थागत विद्यालय रहेका छन् । उक्त कार्यक्रममै एक विद्यालय एक ल्यापटप अन्तर्गत प्राथमिक तहका १३  वटा समुदायिक विद्यालयहलाई ल्यापटप वितरण गरिएको छ । त्यसैगरी विद्यालयको पठनपाठनलाई सहज वनाउन र तयारि गरि कक्षा कोठा मा जान सवै शिक्षकलाई शिक्षक डायरि समेत प्रदान गरिएको हो ।करिव १२०  जना सहभागि रहेको उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।नगद तथा प्रमाण पत्र प्राप्त गरेको शिक्षक विद्यार्थी तथा विद्यालयले आफुहरुलाई थप उर्जा मिलेको तथा गाउँपालिकाले शैक्षिक क्यालेन्डर मार्फत शैक्षिक गतिविधिलाई व्यवस्थित वनाएकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*