संसद भवनभित्र गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

हेटौंडा टुडे
६ असार २०८१, बुधबार ११:४०

 हेटौडा । संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत भेटिएका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत भेटिएका हुन् ।मेलुङ गाउँपालिका–४ घर निवासी २२ वर्षीय गोलेको शव सिभिल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

उनी नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए । आज बिहान उनको ड्युटी ६ बजेदेखि बिहान १० बजेसम्म थियो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*