मकवानपुरगढी बन्यो ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणा

हेटौंडा टुडे
९ असार २०८१, शनिबार २२:३१

हेटौडा । मकवानपुरगढी गाउँपालिकालाई शनिवार अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २, शिखरकटेरीस्थित चण्डिका माध्यमिक विद्यालय परिसरमा आज एक औपचारिक कार्यक्रमका बीच जिल्ला समन्वय समिति मकवानपुरका (जि.स.स. प्रमुख ललित घलान )ले पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको घोषणा गर्नुभएको हो । घलानले घोषणा गरेर मात्रै पूर्ण नहुने भएकाले भविष्यमा पनि त्यसले निरन्तरता पाउनु पर्ने मा जोड दिए । नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्गत धारा ३१ र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ बमोजिम पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको पालिका घोषणा गर्नुभएको हो ।

जिसस प्रमुख घलानले घाउँ घर र टोल टोलमा पुगेर विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म आउँने वातावरण तयार पार्न र अहिले सरकारले शिक्षा क्षेत्रलाई व्यवस्थित र मजबुद बनाउन महत्वपूर्ण काम गरिरहेको बताउनु भयो । सरकारले विद्यालय बस उपलब्ध गराउने, विद्यालयमा नर्स र विद्यार्थी मैत्री भवन निर्माण गरिदिने जस्ता महत्वपूर्ण काम गरिरहेको र अहिले सामुदायिक विद्यालयको अवस्था सुधार हुँदै गइरहेको बताउनुभयो ।

पालिकाले निशुल्क शिक्षा घोषणाका लागि तोकिएको सबै मापदण्ड पूरा गरेको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जानकारी दिए । साथै स्याङ्तानले यसअघि पालिका भित्रका सम्पूर्ण ८ वटा वडाहरुलाई अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको वडाहरु घोषणा भैसकेको पनि बताए । स्याङ्तानले विद्यालय जाने उमेरका पालिकाका सबै बालबालिका विद्यालय गएकाले आफ्नो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोेषणा गरिएको स्पष्ट गरे ।

गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दीनानाथ गौतम, शिक्षा विकास निर्देशानलयका निर्देशक देवनारायण चौधरी, पूर्व गाउँपालिका अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष मानकुमारी पाख्रीन, गाउँपालिकाका वडा अध्यक्षहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन गङ्तान लामा, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, बिभिन्न विद्यालयका प्रधानअध्यापक , गाउँपालिकाका शाखा प्रमुखहरु, पत्रकार लगाएतकाको आतिथ्यता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image