
हेटौडा । आफ्नो विवरण दर्ता गरेर पनि राष्ट्रिय परिचयपत्र नम्बर नपाएका नागरिकका लागि एस एम एस बाट नम्बर पाउने सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यो सेवा सञ्चालनमा ल्याएको हो । ई- पासपोर्टका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्र अब क्रमशः अन्य सेवामा समेत अनिवार्य गरिँदैछ । यस्तोमा तपाईंले पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्नु भएको छ र राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएको छैन भने त्यसका लागि एस.एम.एस सेवा लिन सक्नुहुन्छ ।
यस अन्तर्गत मोबाइलको म्यासेज बक्समा गई N<स्पेस> १६ अङ्कको आवेदन नम्बर टाइप गरी ३०००१ मा म्यासेज गर्नुपर्नेछ । उदाहरणका लागि कसैको आवेदन नम्बर १२३४५६७८९१०१११२३ छ भने N अनि एक स्पेस १२३४५६७८९१०१११२३ टाइप गरी ३०००१ मा म्यासेज सेन्ड गर्नु पर्छ ।
म्यासेज गरे पश्चात पनि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नभएमा विभागले ह्वाट्सएपमार्फत सम्पर्क गर्ने व्यवस्था समेत मिलाएको छ । त्यसका लागि ह्वाट्सएपमा गएर बागमती र गण्डकी प्रदेशका नागरिकले ९८५१३१६०३४ र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले ९८५१३१६०३५ मा आफ्नो कन्फर्मेसन पेज, रसिद वा म्यासेजको रेस्पोन्सको स्क्रिन शट लिएर पठाउनु पर्नेछ ।

