भीमफेदीमा जंगली च्याउ खादा ७ जना विरामी

हेटौंडा टुडे
२१ असार २०८१, बिहीबार १०:५५

हेटौंडा। मकवानपुरको भीमफेदीमा जंगली च्याउ खादा एकै परिवारका ७ जना विरामी परेका छन्। बुधबार साँझ भिमफेदी(६ उर्लाघारीमा जंगली च्याउ पकाएर खादा स्थानीय उर्लाघारी बस्ने अन्दाजी ६५ वर्षीया मगंली मायाँ स्याङतान, निजको छोरा अन्दाजी ३२ वर्षीय बुद्धि बहादुर स्याङतान, बुद्धि बहादुर स्याङतानको श्रीमती ३० वर्षीया पासाङ मायाँ स्याङतान,बुद्धि बहादुर स्याङतानको ७ वर्षीय छोरा लासाङ स्याङतान, बुद्ध स्याङतानको छोरी बर्ष अन्दाजी १९ वर्षीया लक्ष्मी मायाँ स्याङतान, निजको छोरी बर्ष अन्दाजी १५ वर्षीया पार्वती स्याङतान र निजको छोरी बर्ष अन्दाजी ७ वर्षीया आरती स्याङतान विरामी भएको मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश साहले जनाएका छन् ।

घटनामा गम्भीर विरामी भएका ७ वर्षीय बालकको अवस्था चिन्ताजनक नै रहेको र मंगलीमाया र लक्ष्मीमायाको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अन्य ५ जनाको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको जनाइएको छ । मकवानपुरमा यस अघि पनि जंगली च्याउ खाएर राक्सिराङ र कैलाशमा १र१ जनाको ज्यान गइसकेको छ भने ६ भन्दा बढी विरामी परेका थिए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image