
हेटौँडा । इ-स्पोर्ट इन्टरनेस्नल एजुकेशनको कन्सलटेन्सीको शाखा हेटौँडामा पनि सञ्चालनमा आएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी आवश्यक परामर्श र विश्वविद्यालय छनोट तथा भर्नाको प्रक्रियामा सहजीकरण गर्दै आएको इ-स्पार्ट इन्टरनेस्नल एजुकेशनको कन्सलटेन्सीको शाखा हेटौँडामा पनि सञ्चालनमा आएको हो।
इ-स्पोर्टको हेटौँडा शाखाका सञ्चालक जगदिश बिडारीले अमेरिका, अष्ट्रेलिया क्यानडा जान चाहने विद्यार्थीलाई आवश्यक सहयोग र सहजीकरण गरिने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा इ-स्पोर्टको काठमाडौंस्थित केन्द्रीय कार्यालयका व्यापार विकास अधिकारी स्वेच्छा श्रेष्ठले हरेक वर्ष उल्लेख्य संख्यामा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउन सफल भइरहेको बताउनुभयो । इ-स्पोर्टले अध्ययनका लागि विदेशी विश्वविद्यालय जान चाहने विद्यार्थीलाई सहजीकरण गर्नुका साथै करियर गाइडको काम पनि गरिरहेको जनाएको छ ।

