
हेटौंडा। ठुलो ढुङ्गा सहित पहिरो खस्दा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत मकवानपुर भिमफेदि(४ कुलेखानी दोस्रोको कार्यालय नजिक निवुटारमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको घटनास्थलमै रहेका हाम्रा सहकर्मीले जनाएका छन्।
यो समाचार तयार पर्दा सम्म पानी परिरहेकोले तत्काल पहिरो हटाउने सम्भावना नरहेको जनाइएको छ। पहिरो जादा काठमाडौं र भिमफेदी हिडेका सवारी विचमै रोकिएका छन् यद्यपि मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले पहिरो हटाउन समन्वय भईरहेको जनाएका छन्।


सेयर गर्नुहोस्