मकवानपुरगढीमा करेन्ट लगेर एक जनाको मृत्यु

हेटौंडा टुडे
२७ असार २०८१, बुधबार ०८:५२

हेटौंडा । मकवानपुरगढीमा मंगलबार बिजुलीको पोलमा करेन्ट लागि एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर -८ ईपाखहरे बस्ने ३७ वर्षीय दिक्पाल स्याङ्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार १८:३० बजेको समयमा
स्याङ्तान बिजुलीको पोलमा करेन्ट लागि मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय भिमफेदीबाट नजिक पर्ने भएकोले थप अनुसन्धान तथा घटनास्थल मुचुल्काको लागी प्रहरी निरीक्षक टोली खटी गएको र लास पोस्टमार्टमको लागी हेटौडा अस्पताल ल्याइएको जानकारी दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*