त्रिशूलीमा बस बेपत्ता, बसमा चालक सहित ६५ यात्रु रहेको अनुमान

हेटौंडा टुडे
२९ असार २०८१, शुक्रबार ०८:१६

हेटौडा । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । बसमा चालक सहित ६५ यात्रु रहेको बताइएको छ । प्रहरीका अनुसार श्क्रबा् बिहान ३स्३० बजे दुई बस त्रिशूलीमा खसेको र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image