पहिरोेमा परेर एकै परिवारका ७ सहित नौ जनाको मृत्यु

हेटौंडा टुडे
२९ असार २०८१, शुक्रबार ०८:२४

हेटौडा । अविरल वर्षाका कारण पोखरामा एकै परिवारका सात जनाको मृत्यु भएको छ भने अन्य परिवारका दुई जना सहित नौ जनाको मृत्यु भएको छ । यसैगरी पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोेले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पहिरोमा पुरिँएर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो । गए राति १०:३० बजे परिवारका सबै सदस्य जम्मा भएको बसेको समयमा पहिरो खसेको बताइएको छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*