हेटौडा । भरतपुर महानगरपालिका – २९ सत्रकिलो नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत यो ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका(४ बस्ने ३६ वर्षीय मेघनाथ विकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सेयर गर्नुहोस्