हेटौडामा कोरा साइकल च्यालेन्ज हुने

हेटौंडा टुडे
२ श्रावण २०८१, बुधबार १६:००

हेटौडा । हेटौडामा कोरा साइकल च्यालेन्ज हुने भएको छ। बुधबार पत्रकार सम्मेलन मार्फत हेटौंडा राईडर्स क्लबको आयोजना र हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आउँदो साउन ५ गते सनिबार करिब ५० किमी को दुरी रहने गरी कोरा साइकल च्यालेन्ज हुने भएको हो। यो खेलमा १२ बर्ष माथिका उमेर समुहका महिला पुरुष दूबैले सहभागिता जनाउन पाउने छन्। सहभागीहरुले २०० रुपैंया को फारम भर्नुपर्ने छ। कार्यक्रममा चितवन ,बारा,पर्सा लगाएत काठमाडौबाट समेत करीब २५० भन्दा बढी राइडरको सहभागी रहने अनुमान गरिएको छ। हाल सम्म २०० जनाले नाम दर्ता गराई सकेको आयोजकले जनाएको छ । यस खेलमा सहभागीहरुले जुनसुकै मोडलका निजी साइकल प्रयोग गर्न पाउने छन् । कार्यक्रममा नि:शुल्क स्तरीय जर्सीको व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार साइकल र्‍य ालीको रुट नगरका प्रमुख तिर्थस्थल भुटनदेबि मन्दिर बाट सुरु भई हेटौडा बजार ,सानोपोखरा,बनसखण्डी,जलेश्वर मन्दिर, चौकिटोल, सामरी, शिखरकटेरी ,सालक पार्क,राजदेबी,हर्नामाडी,हटिया,चौघडा,पिप्ले,कान्तिराजपथ हुंदै हेटौडा बुद्धचोक आई समापन हूनेछ ।त्यस्तै कार्यक्रम सम्पन्न गर्नका लागि कुल ५ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । कोरा साइकलको उद्देश्य हेटौडा नगरलाई साईकलमैत्री,पैदलमैत्री,अंपागतामैत्री बनाउन आव्हान गरिएको संघका अध्यक्ष बिकास ताम्राकारले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*