त्रिशूलीमा बेपत्ता यात्रुमध्ये १९ को शव फेला, १४ को सनाखत

हेटौंडा टुडे
३ श्रावण २०८१, बिहीबार १०:५७

हेटौडा चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये बुधबारसम्ममा १९ को शव फेला परेको छ ।
फेला परेका मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी छ ।
भेटिएकामध्ये भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बाराका परमानन्द पण्डित, रौतहट चन्द्रानिगाहपुरका किशोरकुमार चौधरी, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी र रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ । त्यस्तै, बाँकी पाँच जना पुरुषको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बाँकीको बेपत्ताहरूको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*