हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिए ।उनका अनुसार, बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको हो ।
नेकपा एमालेबाट मन्त्री बनेका पाँच जनाले सामूहिक रुपमा पदबाट राजिनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिने कार्यका लागि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेश सभा बैठक आह्वान गरिसकेका छन् ।
सेयर गर्नुहोस्