प्याब्सन मकवानपुरद्वारा एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान

हेटौंडा टुडे
४ श्रावण २०८१, शुक्रबार १७:००

हेटौडा। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन मकवानपुरले एसइई परिक्षा २०८० मा उत्कृष्ट नतिजा लेराउन सफल विद्यार्थी तथा शिक्षकलाई सम्मान कार्यक्रम गरेको छ । शुक्रबार जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसइई परीक्षामा सहभागी भएर ३.६ भन्दा माथि जिपिए हासिल गरि उर्तीण भएका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।कार्यक्रममा ३६ वटा विद्यालयका २५७ जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।कार्यक्रममा बालजागृती इङ्गलिस सेकेण्डरी बोर्डिङ स्कुलकि छात्रा रितिका छत्कुली लाई एसइई परीक्षामा ४ जिपिए प्राप्त गरि जिल्लामै सर्वोत्कृष्ट नतिजा प्राप्त सम्मान गरिएको हो ।

त्यसैगरी जिल्लाबाट छात्र तर्फ ४.९५ जिपिए ल्याई सर्वोत्कृष्ट नतिजा हासिल गर्ने हरि चन्द्र मुखियालाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदिले यसवर्ष देशमै एसइई को नतिजा बिग्रीएको अवस्थामा मकवानपुरमा अरु जिल्लाको तुलनामा चित्तबुझ्दो नतिजा आएको बताए ।साथै आगामी दिनमा शिक्षक, विद्यार्थी र अभिभावकहरु आफैमा सच्चिन आवश्यक रहेको उनले बताए ।

विद्यार्थी भाईबहिनीहरुले क्याम्पस रोज्दा आफनो योग्यता र चाहना अनुसार रोज्नुपर्छ । साथीको हुटहुटीमा हिड्न अब बन्द गर्नुपर्छ, अनि मात्र भविष्य सुनिश्चित हुन्छ ।’ उनले भने । कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरकी प्रमुख मिना कुमारी लामाले शिक्षा सुधार योजनासहितका निति कार्यक्रम लिएर स्थानीय सरकार अगाडि बढिरहेको बताईन् ।

विश्व प्रविधिमा जुधिरहेको बेलामा नेपालमा गुणस्तर शिक्षा हासिल गर्नु चुनौतीपूर्ण रहेको उनले बताईन् । ‘हामीले शिक्षाका रणनितिहरु तयार गरिरहेका छौं । हामी शिक्षामा राजनिती हुँन दिने छैनौं।’ उनले भनिन् ।

प्याव्सन मकवानपुरका जिल्ला अध्यक्ष बिनोद सुबेदीको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा, प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, राष्ट्रिय परिक्षा बोर्डका कृष्ण प्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिनानाथ गौतम, शिक्षा महाशाखा हेटौंडा उपमहानगरकाका निर्देशक सिताराम कोईराला, प्याब्सनका वरिष्ठ सल्लाहकार मदन कुमार दाहाल, सल्लाहकार रघुनाथ खनाल, बागमती प्रदेश लेखा संयोजक दिनेश फुँयाल, अभिभावक महासङ्ग मकवानपुरका अध्यक्ष ध्रुव प्रसाद चौलागाइ, सस्थागत विद्यालय सङ्गकि अध्यक्ष रमिला सापकोटा लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*