हेटौँडा अस्पतालमा “औषधी दान पात्र” कार्यक्रम शुरू

हेटौंडा टुडे
५ श्रावण २०८१, शनिबार ०७:५३

हेटौँडा । हेटौँडामा रहेको हेटौँडा अस्पतालमा सुक्रबार देखी ‘औषधि दान’ गर्न पाईने व्यवस्था गरिएको छ । अस्पतालले हिजो देखि औषधि दानपत्र सेवा शुरू गरेको हो । अस्पतालका सूचना अधिकारी राजिप झाले मानवीय भावनाले प्रेरित व्यक्तिहरूले औषधि दान गर्न पाउने र यस अभियान अन्तर्गत नागरिकहरूले आफूसँग बचेका वा किनेर औषधिहरू दान गर्न सक्ने बताएका छन् । अस्पतालले विशेषगरी बीमा योजना अन्तर्गत प्राप्त भएका तर फिर्ता गर्न नमिल्ने औषधिहरू दान गर्न आग्रह गरेको छ। सूचना अधिकारी झाका अनुसार, बीमाबाट प्राप्त १० रुपैयाँ मूल्य बराबरको औषधि दान गर्दा अन्य आवश्यक बिरामीलाई सय रुपैयाँ बराबरको सहयोग पुग्नेछ।संकलित औषधिहरूलाई “औषधि बैंक” को अवधारणा अनुसार व्यवस्थापन गरिनेछ । हरेक हप्ता वा तीनरतीन दिनमा औषधिहरूको अवस्था जाँच गरी प्रत्येक वार्डमा राखिने व्यवस्था मिलाइएको झाले जानकारी दिए । संकलित औषधिहरू आर्थिक रूपमा विपन्न बिरामीहरूको निःशुल्क उपचारमा प्रयोग गरिने बताउँदै उनले भने, “यसले विपन्न बिरामीहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image