हेटौडा । बकैया गाउँपालिकामा शुक्रबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ । हिजो शुक्रबार अपरान्ह ४ बजेको समयमा वडा नम्बर ४ नेपाल प्रेम चर्जको भवनामा वाईरीङ्ग गर्ने क्रममा बागमती गाउँपालिका वडा नंबर ९ बेतिनी बस्ने अन्दाजी २० वर्षको रामराज बम्जनको करेन्ट लागेर ज्यान गएको हो। करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
सेयर गर्नुहोस्